काठमाडौं:नेपाल आर्मीकी जयरानी थारुले ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको दोस्रो दिन शनिबार अर्को नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।
जयरानीले महिला ४ सय मिटर हर्डल्स ९बाधा दौड० १ मिनेट ०७।२ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । जयरानीले छैटौं राष्ट्रिय खेलकुदमा एपीएफकी सविता चौधरीले बनाएको १ मिनेट ०७।७ सेकेन्डको कीर्तिमान भंग गरेकी हुन् ।
पहिलो दिन शुक्रबार जयरानीले १ सय मिटर हर्डल्समा १५।२० सेकेन्डको कीर्तिमान रचेकी थिइन् । यसअघि उक्त कीर्तिमान प्रमीला थारुको नाममा थियो । प्रमीलाको टाइमिङ १६।३८ सेकेन्ड थियो ।
शुक्रबारै आर्मीका जीवन थारुले पुरुष १ सय १० मिटर हर्डल्समा १४।९६ सेकेन्डको कीर्तिमान बनाएका थिए । उनले आफ्नै नाममा रहेको १५।६० सेकेन्डको कीर्तिमान सुधार गरेका थिए ।
तपाइँको प्रतिक्रीया