काठमाडौं : आज सेयर बजार परिसूचक २३.८५ अंकले घटेर १९३३.१३ को बिन्दुमा झरेको छ ।
कुल २२९ कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा सोमबार जम्मा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको मूल्य ओरालो लागेको छ ।
सोमबार ४३ हजार १२२ कारोबार मार्फत ५६ लाख ४१ हजार कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कुल कारोबार रकम आइतबारको भन्दा घटेर २ अर्ब ४ करोड ४८ लाखमा सीमित भएको छ ।
कारोबारमा आएका १३ मध्ये लगानी र लाइफ इन्स्योरेन्सबाहेकका सबै उपसमूह राताम्मे रह्यो ।
तपाइँको प्रतिक्रीया