लमजुङ : लगातारको वर्षाका कारण मनाङ जाने एक मात्र सडक बेंसीसहर चामे खण्ड अवरुद्ध भएको छ ।
बेंसीशहर नगरपालिका ६ उत्तीसघारीको खरखरेमा पहिरो गएको छ । पहिरोका कारण मर्स्याङ्दी गाउँपालिका ९, खुदीवारिको घनपोखरा र लामागाउँ जाने सडक अवरुद्ध भएको छ ।
खुदीबजारबाट गाउँपालिकातर्फ जाने सडक माथिल्लो मर्स्याङ्दी ‘ए’ को वारिपट्टी पनि पहिरो गएको छ । मनाङतर्फ म्यार्दी भिरमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ ।
डुम्रे–बेंसीशहर–चामे सडक योजना प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार मंगलबार साँझदेखिको वर्षाका कारण मनाङ जोड्ने सडक ठाउँठाउँमा पहिरोले क्षति पुर्याएको छ ।
मनाङतर्फको बाटो खुलाउने प्रयास भइरहेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले बताए ।
तपाइँको प्रतिक्रीया