२०८२ असार १७ मङ्गलबार

राशिफल

पशुपति मन्दिरको शौचालयमा शिशुको शव फेला

काठमाडौं : काठमाडौंको गौशालामा नवजात शिशुको शव भेटिएको छ । पशुपति मन्दिर परिसरको शौचालय नजिकै शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

शव केहीदिनअघि गाडेको र बुधवार उत्रेको अवस्थामा भेटिएको छ । शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ ।