२०८२ असार १७ मङ्गलबार

राशिफल

वर्षाका कारण, देशभरका वेबसाइटहरु आधा घण्टा बन्द

काठमाडौं : दुई दिनदेखि निरन्तरको वर्षाका कारण देशभरका सरकारी वेबसाइटहरु आधा घण्टा बन्द भएका छन् ।

काठमाडौंमा पानी पर्दा विजुली आउने र जाने भएका कारण आधा घण्टा देशभरका सरकारी वेबसाइटहरु डाउन हुन पुगेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेलले जानकारी दिए ।

उनले भने, ‘ निरन्तरको वर्षाले पावर सप्लाई अफ भयो। जसका कारण देशभरको वेबसाइट आधा घण्टाका लागि डाउन हुन पुग्यो।’