२०८२ असार ५ बिहीबार

राशिफल

खाने मुख बढिरहेको, कृषियोग्य जमिन घटिरहेकाले कृषिमा आत्मनिर्भर हुन गाह्रो छ : कृषिमन्त्री

काठमाडौं : धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ आज देशभर १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव बुधवार मनाइएको छ ।

यसै क्रममा नेपाल कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान केन्द्र खुमलटारमा धान दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले कृषिमा आत्मनिर्भर हुन गाह्रो भइरहेको बताएका छन् ।

उनले एकातिर खाने मुख बढिरहेको, अर्कोतिर कृषियोग्य जमिन घटिरहेकाले कृषिमा आत्मनिर्भर हुन गाह्रो भएको जिकिर गरे ।

कृषियोग्य जमिन घटेपनि उत्पादनमा वृद्धिका लागि सामूहिक खेती, चक्लाबन्दी खेती, करार खेतीमा जोड दिइनु पर्नेमा मन्त्री यादवले उपाय पनि सुझाए ।

उनले एउटै जमिनमा कम्तीमा तीनवटा बाली लगाउन सुझाउँदै भने, ‘हामीसँग जमिन थोरै छ, खाने धेरै भयौं । अब भएको जमिनमा नै उत्पादन वृद्धि गरौं ।’