काठमाडौं : असारको मध्यसम्म आउँदा लुम्बिनीमा जम्मा ३२.७१ प्रतिशत क्षेत्रमा मात्र धान रोपाईँ भएको छ ।
यो गत वर्षको तुलनामा १३ प्रतिशत कम हो । गत वर्ष असार १५ सम्म ४६ प्रतिशत खेतमा रोपाईं भएको थियो । लुम्बिनीमा धान रोपाईं हुने तीन लाख २० हजार २७५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म एक लाख चार हजार ७५१ हेक्टरमा रोपाईं सकिएको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका बालिका विकास अधिकृत तथा सूचना अधिकारी शालिकराम गौतमका अनुसार अहिलेसम्म सबैभन्दा धेरै नवलपरासीमा ८० प्रतिशत र सबैभन्दा कम बाँकेमा १३ प्रतिशत धान रोपाईँ भएको छ ।
तपाइँको प्रतिक्रीया