२०८२ जेठ ३१ शुक्रबार

राशिफल

फुटबलर भरत र नवयुग अमेरिका प्रस्थान

काठमाडौं  :  विभागीय त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास र नवयुग श्रेष्ठ अमेरिकामा हुने अमेरिका कन्भेन्सन एनएसी फुटबल प्रतियोगिता खेल्न बिहिवार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।

राष्ट्रिय फुटबल टोलीका फरवार्ड समेत रहेका दुबै खेलाडी केही हप्ता अमेरिका रहने जनाइएको छ । पाचौं संस्करणको एनएसी प्रतियोगिता खेन दुबै खेलाडी त्यसतर्फ प्रस्थान गरेका हुन ।

भरत र नवयुग दुवैले आयोजकको लस एन्जलस एलएको टोलीबाट खेल्नेछन् ।

हाल भरत राष्ट्रिय टोली बाहिर छन् । यस्तै, नवयुग श्रेष्ठ पछिल्लो एएफसी एसियन कप छनोटमा नेपाली टोलीको कप्तानी गरेका थिए ।