२०८२ असार १७ मङ्गलबार

राशिफल

बालाजुमा भ्यान र मोटरसाइकल ठोक्किँदा १ को मृत्यु

काठमाण्डौ  :  काठमाण्डौको बालाजुमा भएको दुर्घटनामा १ जनाको ज्यान गएको छ ।

हिजोराति सवा ८ बजे बा ६ च ४८११ नम्बरको सामान बोक्ने भ्यान र बा ७५ प २२५९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक काठमाण्डौ चन्द्रागिरी नगरपालिका २ का ३९ वर्षका सञ्जीव कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीले भ्यानका चालकलाई पक्राउ गरेको छ ।