काठमाडौं : सामाजिक सञ्जालमा बुधवार एउटा तस्विर निकै भाइरल बन्यो ।
पोखरा पर्यटन परिषदले आयोजना गरेको १७ औं रोपाइँ महोत्सवमा सहभागी अतिथिहरूले लगाएको धानको बिउको माला सामाजिक सञ्जालमा निकै छायो । त्यसको पक्ष र विपक्षमा निकै टिका टिप्पणीहरू भइरहेका छन् ।
सामाजिक सञ्जालमा त्यसको सकारात्मक भन्दा पनि नकारात्मक टिप्पणीहरू देखिएका छन् ।
पोखरा पर्यटन परिषदले आयोजना गरेको रोपाइँ महोत्सवमा लगाइएको धानको बिउको मालाको सामाजिक सञ्जालमा आलोचना भएको हो । राष्ट्रिय धान दिवसको अवसरमा परिषदले वर्षेनी रोपाइँ महोत्सव गर्दै आएको छ ।
असार १५ गते नियमित जस्तै परिषदले रोपाइँ महोत्सवको आयोजना गरेको थियो । महोत्सवमा निम्ता गरिएका पाहुनाहरूलाई आयोजकले धानको बिउको माला लगाइदिएको थियो ।
तपाइँको प्रतिक्रीया