काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने बताएका छन् ।
चलचित्र विकास बोर्डको २२औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने उद्देश्यअनुरुप मन्त्रालयले त्यससँग सम्बन्धित ऐनरकानुन, आर्थिकलगायत संरचना तयार गरिरहेको बताए ।
नेपाली चलचित्र क्षेत्रमा चलचित्रकर्मीले गरेको योगदानको कदर गर्दै चलचित्रकर्मीको सेवा सुविधामा वृद्धि गरी सो क्षेत्रलाई सबैको आकर्षक र अवसरको क्षेत्रको रुपमा विकास गर्ने मन्त्रीले बताए ।
उनले भने, “चलचित्र क्षेत्रमा पछिल्लो समयमा विकसित प्रविधिको प्रयोगसँगै ७७ वटै जिल्लामा चलचित्र छायाङ्कनस्थल निर्माण गर्ने तयारी भइरहेको छ, यो कार्यले छिट्टै पूर्णता पाउने छ ।”
चलचित्र क्षेत्रले आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँगै समृद्ध मुलुक निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने मन्त्री कार्कीको भनाइ थियो ।
तपाइँको प्रतिक्रीया