पोखरा : गण्डकी प्रदेश सभामा असार १ पेश भएको बजेटको विवादले सत्तापक्षभित्रै विवाद सिर्जना भई संसद बैठकसमेत अनिश्चित बनिरहेका बेला छलफल गर्न अर्थ तथा विकास समितिले बोलाएको बैठकमा सभापति एक्लै भएका छन् ।
समितिले बिहीबार दिउँसो १ बजे बोलाएको बैठकमा पदेन सदस्य रहेका मन्त्री र अन्य सदस्य नै अनुपस्थित भएका हुन् ।
बजेटमा देखा परेको समस्या के हो, सरकारकै मन्त्रीहरुले किन सहमति जुटाउन सकिरहेका छैनन् र संसदमा छलफल गर्न कहाँ कहाँ गाँठो परेको हो भन्ने छलफलका लागि अर्थमन्त्री रामजी बराललाई समितिको बोलाएको थियो । तर, अर्थमन्त्रीमात्रै होइन, सदस्यहरुसमेत बैठकमा अनुपस्थित भएपछि सभापति दीपक कोइराला एक्लै परेका हुन् ।
‘असार ५ गतेबाट संसदमा छलफल हुनुपर्ने बजेट अनिश्चित भएको अवस्थामा अर्थमन्त्रीसहित बैठकमा बोलाएर संसद बैठकमा बजेटको छलफल छिटोभन्दा छिटो अगाडि बढाउनुपर्यो भनेर अनुरोध र मन्त्रीलाई निर्देशन गर्न बैठक बोलाएका थियौं,’ समिति सभापति कोइरालाले भने, ‘अरु बेला पनि नियमित बैठक बस्न सकिरहेको थिएन । तर, यसपटक बुझाइ पनि समस्या देखा पर्यो ।’
तपाइँको प्रतिक्रीया