२०८२ असार १६ सोमबार

राशिफल

सरकारले आर्थिक चलखेल गरेर नेपाल आयल निगम पनि व्यापारीको हातमा दिन्छ : पौडेल

काठमाडौं : सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौंको आर्थिक चलखेल गरेर सरकारले नेपाल आयल निगम पनि व्यापारीको हातमा सुम्पिने तयारी गरिरहेको आरोप लगाएका छन् ।

उनले यसबारे आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गर्न चाहेको पनि बताए ।

६४ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्वसभामुख समेत रहेका वरिष्ठ नेता पौडेलले यो विषयलाई सञ्चार माध्यमहरुले अघि ल्याउनुपर्ने बताए । वरिष्ठ नेता पौडेलले किसानहरुलाई अझै मलको व्यवस्था गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरे ।

उनले भने, ‘कहिल्यै किसानले भनेका बेलामा मल पाएका छैनन् । जहिले पनि मलको हाहाकार किन भयो रु किन भएको छ भने हामीले यो कुरा बुझेनौं–काँग्रेसभन्दा बढि एमाले समाजवादी, एमाले भन्दा माओवादी बढी समाजवादी ।

चर्काचर्का समाजवादी यहाँ छौं । आज पनि फेरि म सुन्दैछु, प्रधानमन्त्रीजीलाई सोध्न मन लागेको थियो । तपाई मिडियाहरुको माध्यामबाट एउटा कुरा जाओस्–आयल निगमलाई पनि व्यापारीको हातमा दिने चलखेल भइराखेका छन् रे ।’