२०८२ असार १६ सोमबार

राशिफल

वायुसेवा निगमले आज ६४ औँ वार्षिकोत्सव मनाउँदै

काठमाण्डौ  : नेपाल वायुसेवा निगमले आज ६४ औँ वार्षिकोत्सव मनाउँदैछ ।

निगमका महाप्रबन्धक दिपुराज ज्वारचनले यात्रु सङ्ख्याका दृष्टिले उपलब्धिमूलक मानिने गन्तव्यमा अध्ययन गरी नयाँ ठाउँमा जाने प्रयास गर्ने प्रतिबद्धता जनाएको छ ।

निगमले आफ्नो गन्तव्य विस्तारका क्रममा गएको वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियादमा नियमित उडान थालेको छ । रियादमा निगमले हप्तामा दुईवटा उडान गर्छ भने साउदी अरेबियाको जेद्दा र दमाममा पनि उडान थाल्ने योजना रहेको निगमले जनाएको छ ।

नेपाल वायुसेवा निगमले विमानको थप प्रक्रिया पूरा गरेर सियोल, ग्वान्जाउ, साङघाई, कोलम्बो, अहमदाबाद, जकार्ता, फ्याङ्कफर्ट र अस्ट्रेलियामा सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । निगमले आन्तरिकतर्फ काठमाण्डौबाट थामखर्क, खानीडाँडा, भोजपुर, इलाम, फाप्लु, ताप्लेजुङ, दाङ, नेपालगञ्जमा नियमित उडान गर्छ ।

त्यस्तै नेपालगञ्जबाट रुकुम, डोल्पा, जुम्ला, ताल्चा, सिमकोट उडान गर्दै आएको छ । धनगढीबाट डोटी, साँफेबगर, बाजुरा र बझाङमा पनि उडान हुन्छ ।