काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रदेशलाई बलियो नबनाएसम्म संघीयता बलियो नहुने बताएका छन् । गुरुङले संविधान बनाउँदादेखि नै त्रुटी भएको बताउँदै प्रदेशलाई बलियो बनाउनतिर लाग्नु पर्ने बताए ।
‘हामीले संविधान बमोजिम कतिपय कानुन बनाएपनि कार्यन्वयन गर्न सकेका छैनौ । कतिपय कानुन बनाउनै नसकिएको उनले बताए । गुरुङले प्रदेशलाई बलियो नबनाउँदासम्म संघीयता बलियो बनाउन नसकिने उनको भनाई छ । त्यसैले प्रदेशलाई अधिकार सम्पन्न बनाउँनु पर्नेमा उनको जोड छ । प्रदेशलाई अधिकार सम्पन्न बनाउँन नसक्दा आमसर्वसाधरणदेखि राजनीतिक नेतृत्वले प्रश्न उठाएको गुरुङले बताए ।
नेपालको संघीयता बनाउँदादेखि नै समस्या भएको छ । विश्वभर नै संघीयता प्रदेश र संघ दुई किसिमका देखिएका छन । संविधानमै त्रुटी भएको बताउँदै गुरुङले प्रदेशलाई विशेषाधिकार सम्पन्न बनाएर स्थानीय तह मातहत राख्नुपर्ने बताए ।
तपाइँको प्रतिक्रीया