काठमाडौं : पूर्व सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
शुक्रबार दल गर्दा गर्दै आयोगले प्रमाणपत्र समेत दिएको छ । उनीहरुले चुनाव चिन्ह गोलाकार भित्रको घन्टी पाएका छन् ।
दल दर्तापछि लामिछानेले अत्यन्तै खुसी भएको र आजदेखि औपचारिक रुपमा पार्टी दर्ता भएको बताए ।
उनले गोलाकार भित्रको घण्टी चुनाव चिन्ह पाएको सञ्चारकर्मीहरुलाई जानकारी गराएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको छोटकरी नाम रास्वपा हुने र अंग्रेजीमा ‘नेश्नल इन्डेपेन्डेन्ट पार्टी’ संक्षिप्तमा ‘एनआपी’ हुने भएको छ ।
पार्टीको नामका विषयमा पछि कानुनी प्रक्रिया अघि बढे सोहीअनुसार आफू पनि प्रक्रियामा अघि बढ्ने लामिछानेले बताए ।
तपाइँको प्रतिक्रीया