काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले संसदीय दलको बैठक बोलाएका छन् ।
पाण्डेले शनिबार ११ बजे बस्नेगरी दलको बैठक बोलाएको नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश सांसद कुसुम कार्कीले जानकारी दिए ।
सांसद कार्कीकाअनुसार समसामयिक विषयमा छलफल गर्न दलको बैठक आह्वान गरिएको हो ।
‘समसामयिक विषयमा छलफल गर्न बैठक बस्ने सूचना आएको छ, बैठक शनिबार ११ बजे पार्टी कार्यालयमा बोलाइएको छ’, कार्कीले रातोपाटीलाई भने, ‘समसामयिक भनेपछि सबै कुरा पर्छन् ।’
बागमती प्रदेशमा सत्ता गठबन्धन काँग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री परिवर्तन गर्न हस्ताक्षर संकलन गरेपछि पाण्डे काठमाडौ आएर दलको बैठक बोलाएका हुन् ।
उनी गठबन्धनले निर्णय गरे सरकार छोड्न तयार रहेको बताइएको छ ।
तपाइँको प्रतिक्रीया