काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्ट पक्षलाई प्रष्ट सन्देश दिएका छन्, ‘मेरो नेतृत्व स्वीकार भए बस्नुस्, नभए जानुस् ।’
संघीय परिषद्का अध्यक्ष समेत रहेका डा. बाबुराम भट्टराई र उनको पक्षले यादवको नेतृत्वमाथि निरन्तर प्रश्न उठाउँदै आएका छन् ।
पछिल्लो समय पार्टीमा बहुमत जुटाउने प्रयास पनि गरेको थियो । त्यसमा यादवको पल्ला भारी भएपछि भट्टराईले बुधबार भेटे र फुट्नु परे सहमतिमै छट्टिने भन्दै संघर्षलाई व्यक्तिगत रुपमा नलिन आग्रह गरे ।
भट्टराई निकट नेताहरुका अनुसार उनको पहिलो प्राथमिकता पार्टीलाई सच्चाउने नै थियो । तर यादवले भट्टराईसँग भएको भेटमा हार्दिकतापूर्वक अलग हुने सहमति भएको संसदीय दलको बैठक र सञ्चार माध्यमहरुमा बताए ।
मन्त्री हेरफेरका लागि गृहकार्य गर्नुका साथै २७–२८ असारमा केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
तपाइँको प्रतिक्रीया