२०८२ असार १६ सोमबार

राशिफल

आईजीपी नियुक्तिबारे विवाद, चौथोपटक सुनुवाइ हुँदै

काठमाडौं  : नेपाल प्रहरीको महानिरीक्षक आईजीपी नियुक्तिविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतमा २१ वैशाखबाट बहस भइरहेको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा.कुमार चुडालको संयुक्त इजलासमा मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।

संयुक्त इजलासमा आईजीपी नियुक्ति विवादबारे असार १९ मा चौथोपटक सुनुवाइ हुँदैछ । मन्त्रिपरिषद्ले वैशाख १८ मा धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि उनका प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेल सर्वोच्च गएका हुन् ।

पोखरेलले दायर गरेको रिट निवेदन कामु प्रधानन्यायाधीश र न्यायाधीश चुडालको बेन्चमा आउनुअघि न्यायाधीश सुस्मालता माथेमाले वैशाख २१ र २२ मा प्रारम्भिक सुनुवाइ गरेकी थिइन् ।

मुद्दाको सुनुवाइ लम्बिरहेको छ । ईजलासले एक साताको अन्तरमा मुद्दा ‘हेर्दाहेर्दै’ मा राख्दै आएको छ । आईजीपी धिरजप्रताप सिंह र निवेदक विश्वराज पोखरेलका तर्फबाट बहस गर्ने कानुन व्यवसायी धेरै हुँदा बहस लम्बिएको छ ।

विश्वराज पोखरेलको तर्फबाट कानुन व्यवसायीले बहस सकेका छन् । पोखरेलको तर्फबाट १८ जना कानुन व्यवसायीले वकालतनामा लेखाएका थिए । तीमध्ये १५ जनाले बहस गरे ।

उनको तर्फबाट वरिष्ठ अधिवक्ता सतिषकृष्ण खरेल, अधिवक्ता सुनिता राउत, सुरज बस्नेत र नेपाल बारकी महासचिव अन्जिता खनालले जवाफ दिँदैछन् ।