२०८२ असार १५ आइतबार

राशिफल

सेती नदीमा बेवारिसे अवस्थामा शव फेला

काठमाडौं  :  डोटीको शिखर नगरपालिका–११ तल्लिसातमा रहेको सेती नदीमा बेवारिसे अवस्थामा शव फेला परेको छ ।

हिजो स्थानीयले नदीमा शव बग्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टका अनुसार शव सडेको अवस्थामा रहेकाले पहिचान गर्न गाह्रो भएको जानकारी दिए ।

नदीले शवलाई बगाएर ल्याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।