२०८२ असार १५ आइतबार

राशिफल

महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दै

काठमाडौं  :  केन्द्रीय सदस्यको नाम टुङ्गो लगाउने विषयमा छलफल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

बबरमहलस्थित पार्टी कार्यालयमा अपरान्ह बस्ने बैठकमा पार्टीका विधान, केन्द्रीय समिति, भातृ संगठन गठनलगायत समसामयीक विषयमा समेत छलफल गर्ने भएको छ ।

केन्द्रीय कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णका अनुसार संशोधित विधानलाई पारित गर्नेलगायतका एजेन्डामा बैठकका लागि तय गरिएका छन् ।

तत्कालका लागि केन्द्रीय समिति सदस्यको सङ्ख्या ५ सय १ सदस्सीय राख्ने र त्यसका लागि नाम संकलन गर्ने कार्य गरिरहेको लोसपा नेपालले सो विवरण निर्वाचन आयोगमा पेस गर्दैछ ।