काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताएका छन् । शनिवार स्व. नेता गिरिजाप्रसाद कोइरालाको ९९ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले नेपालमा गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताएका हुन् ।
उनले अरू नेताहरूको नाममा विश्वविद्यालय रहेको उल्लेख गर्दै स्व. नेता कोइराला आदर्श र मूल्यमान्यताको प्रतीक भएकोले उनको नाममा जी.पी. कोइराला विश्व विद्यालयको स्थापना आवश्यक रहेको बताए । मन्त्री बडूले उत्कृष्ट विश्वविद्यालयको रूपमा आफूलाई स्थापित गर्ने उद्देश्यका साथ विश्व विद्यालय स्थापना हुनुपर्ने बताए ।
मन्त्री बडूले क्षमतासहितको प्रतिस्पर्धी, उत्कृष्ट, आदर्श र उद्देश्य राखेर जी.पी. कोइराला विश्व विद्यालय स्थापना गर्न सरकार सहयोगका लागि तयार रहेको प्रतिबद्धता जनाए ।
तपाइँको प्रतिक्रीया