२०८२ असार २ सोमबार

राशिफल

इरानमा ६ दशमलव १ रेक्टर स्केलको भूकम्प, ५ को मृत्यु १२ जना घाइते

काठमाडौं  :  दक्षिणी इरानमा आज बिहान ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पमा परि कम्तीमा पाँच जनाको ज्यान गएको छ । पछिल्लो विवरण अनुसार घाइते १२ जनालाई अस्पताल भर्ना गरिएको छ।

भूकम्पपछि त्यहाँ लगातार परकम्प गइरहेका रोयटर्सले जनाएको छ । भूकम्पले साइह खोश गाउँ बढी प्रभावित भएको छ । उद्धार तथा राहतका काम थालिएको छ ।