२०८२ असार १५ आइतबार

राशिफल

सशस्त्र प्रहरी निरीक्षक डा. सुजीतकुमार साह सातदिने स्पष्टीकरणमा

काठमाडौं   : तीन महिनादेखि सम्पर्कमा नरहेका सशस्त्र प्रहरी निरीक्षक डा. सुजीतकुमार साहलाई गृह मन्त्रालयले सातदिने स्पष्टीकरण माग गरेको छ ।

सशस्त्र प्रहरी अस्पतालमा दरबन्दी भएका डा।साह गत वैशाख १३ गतेदेखि गैरहाजिर छन् । गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी गैरहाजिर रहनु पर्ने कारणसहित सफाई पेस गर्न ७ दिनको म्याद दिएको हो ।

यसअघि उनको स्थानीय ठेगानामा म्याद सूचना टाँस गर्दासमेत उनी सम्पर्कमा नआएपछि सशस्त्र प्रहरी बलले डा। साहलाई सेवाबाट हटाउन गत जेठ २७ गते गृह मन्त्रालयमा सिफारिस गरेको छ ।

साथै गैरहाजिर रहनुको कारणसहित सफाई पेस गर्न यही असार २ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरिएको थियो । सफाई पेस गर्न सात दिनको मौका दिइएकोमा त्यसको समेत बेवास्ता गरेको भन्दै मन्त्रालयले उनलाई सेवाबाट हटाउने प्रक्रिया थालिएको छ ।

 

मन्त्रालयले पुनः सात दिने म्यादसहितको सूचना जारी गरी सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११० को खण्ड ९ (ख) (९)  बमोजिमको विभागीय सजाय किन नदिने  भनी स्पष्टीकरण सोधेको छ ।