२०८२ असार १५ आइतबार

राशिफल

कपिलवस्तुमा लागु औषधसहित दुईजना पक्राउ

काठमाडौं  :  कपिलवस्तुमा लागु औषधसहित दुईजना पक्राउ परेका छन् । उनीहरु मायादेवी गाउँपालिकाका, ४ चाकरचौडाबाट लागुऔषधसहित दुईजना पक्राउ परेका हुन् ।

प्रहरीले चेकजाँच गर्ने क्रममा सीमा नाकास्थित भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाईकलमा वाणगंगा १ वैरीयाका २४ वर्षका राजन विक र सोही मोटरसाइकलको पछाडि सवार कपिलवस्तु वाणगंगा २ राजपुरकी २४ वर्षीया सोनाक्सी गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट लागुऔषध स्पासमो ४१ ट्याब्लेट र नाइट्रोभेट ४६ ट्याब्लेट फेला पारिएको प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिए ।