२०८२ असार १२ बिहीबार

राशिफल

काठमाडौंस्थित भारतीय दूतावासमा एक सुरक्षाकर्मीको गोली लागेर मृत्यु

काठमाडौं  :  काठमाडौंस्थित भारतीय दूतावासमा एक सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको छ । दूतावास स्रोतका अनुसार भारतको उत्तराखण्ड घर भएका ती सुरक्षाकर्मीले बिहान ९ बजेअघि नै आफूलाई गोली प्रहार गरेका थिए ।

 

हामीले बिहान ९ बजे कार्यालय खोल्नुभन्दा अघि नै यो घटना भएको दूतावास स्रोतले नाम नबताउने शर्तमा भने । ती सुरक्षाकर्मीले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यस विषयमा भारतीय सुरक्षाकर्मीले नै अनुसन्धान गरिरहेका छन् । ३२ वर्षीय ती सुरक्षाकर्मीको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।

यता नेपाल प्रहरीले पनि भारतीय दूतावासले आफूहरुलाई एक सुरक्षाकर्मीले आत्महत्या गरेको जानकारी गराएको बताएको छ ।