२०८२ असार १२ बिहीबार

राशिफल

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन पहल गर्न सरकारलाई एमालेको आग्रह

काठमाडौं  :  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

सोमबार प्रतिनिधिसभामा बोल्दै एमाले अध्यक्ष ओलीले शान्ति प्रक्रिया टुंग्याउन सरकारले गर्ने पहलमा एमालेको सहयोग रहने बताए । आफूले प्रधानमन्त्री हुँदा शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न खोज्दा एमालेले जस लिने भयो भनेर रोकिएको उनको दाबी छ ।

अध्यक्ष ओलीले तत्कालिन नेकपा माओवादीले २०५२ सालदेखि १० वर्षसम्म गरेको सशस्त्र युद्ध नक्कली सपना र झुट भएको टिप्पणी पनि गरे । नक्कली सपना देखाएर नेतृत्वले सशस्त्र युद्ध गरेको भएपनि युद्धमा होमिनेहरुको गल्ती नरहेको उल्लेख गर्दै उनले उनीहरुको समस्या समाधानका लागि सबै जिम्मेवार हुनुपर्ने बताए ।

सपना नक्कली थियो, झुट थियो । तैपनि त्यसमा सामेल भएका, मृत्यु भएका, घाइते, वेपत्ताका परिवारले पाइरहेका दुख हेर्नु पर्छ कि पर्दैन भनि ओलीले प्रश्न समेत गरेका छन ।