२०८२ असार १२ बिहीबार

राशिफल

विश्वविद्यालयहरूमा तालाबन्दी हुन नदिन सरकार सचेत रहेको शिक्षामन्त्री पौडेलको भनाई

काठमाण्डौ  : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरूमा तालाबन्दी लगाउने काम हुन नदिन सरकार सचेत रहेको बताएको छ ।

मन्त्री पौडेलले विश्वविद्यालयहरूमा तालाबन्दी लगाउने काम सधैँका लागि अन्त्य गर्न सरकारले समयमा परीक्षा लिने, परिणाम निकाल्ने र विद्यार्थीहरूले पठनपाठनसम्बन्धी उठाएका अन्य मागहरूको सम्बोधन गर्न गम्भीर छलफल र संवाद भइरहेको बताउनुभयो ।

आज सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले विश्वविद्यालयहरूमा तालाबन्दी लगाउन नहुने विषयमा सांसदहरूले राखेको धारणा जायज रहेको प्रतिक्रियासमेत दिनुभयो ।

मन्त्री पौडेलले विश्वविद्यालयको पठनपाठनमा अवरोध हुने खालका कुनै पनि गतिविधि राम्रो नभएको पटक–पटक दोहोर्‍याउनुभयो ।