काठमाडौं : प्युठानको ऐरावती गाउँपालिका– ६ बिजुलीकोटमा चट्याङ लागेर २ जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा स्थानीय वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए । चट्याङ लागेर ऐरावतीको वडा न ६ का ५ जना र वडा नं १ दाङवाङ्गका ४ जना गरि ९ जना घाइते भएको प्रहरीले जनाएको छ ।
यी मध्ये दाङबाङकी ७० वर्षीया पोवी नेपालीको अवस्था गम्भीर रहेको थापाले बताए । अहिले घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।
तपाइँको प्रतिक्रीया