२०८२ असार ५ बिहीबार

राशिफल

सुनको भाउ आज पनि बढ्यो

काठमाडौं  :  कारोवार हुने साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

हिजो अर्थात सोमबार प्रतितोला ९७ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज मंगलबार तोलामा १०० रुपैंयाले बढेर प्रतितोला ९७ हजार ६०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार १०० रुपैंया रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैंयाले बढेको छ । हिजो प्रतितोला १ हजार २०० रुपैंयामा कारोबार भएको चाँदीको मूल्य तोलामा ५ रुपैंया बढेर प्रतितोला १ हजार २०५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो ।