काठमाडौं : मधेश प्रदेशको एक सरकारी अस्पतालमा डाक्टरको लार्पावाहीका कारण एक गर्भवती महिलाको ज्यान जोखिम परेको छ ।
उक्त प्रदेशको एक सरकारी अस्पतालमा डाक्टरले विना परिक्षण पित्तथैलीको अपरेशन गर्दा एक गर्भवती महिलाको स्वास्थ्य अवस्था नाजुक भएको हो । जलेश्वर नगरपालिका २ महोत्तरी घर भई हाल जनकपुरमा बसोवास रहेकी २९ वर्षीय विभा चौधरीको अवस्था नाजुक भएको विरामी परिवार स्रोतले बताए ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा रहेको प्रादेशिक अस्पतालमा कार्यरत सर्जन डाक्टरहरु राजेश साह , आस्विन यादब र अमरेश कर्णको लार्पावाहीका कारण ति गर्भवती महिलाको ज्याननै जोखिममा परेको जानकारी दिए ।
हाल विरामीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई हेलिकप्टर मार्फत काठमाडौंको नेपाल मेडी सीटि हस्पिटल भैसेपाटिमा भेनटिलेटरमा राखी उपचार गराई रहेको आफन्त सन्जीव मण्डलले जानकारी दिए ।
तपाइँको प्रतिक्रीया