२०८२ असार १२ बिहीबार

राशिफल

भालुको आक्रमणाबाट १ जना गम्भीर घाइते

डोटी : डोटीको पूर्वीचौकी गाउँपालिमा भालुको आक्रमणाबाट एक जना गम्भीर घाइते भएका छन् ।

स्थानीय गणेश साउँदले दिएको सूचना अनुसार पूर्वीचौकी गाउँपालिका १ का नरबहादुर खड्कालाई मंगलवार बिहान छोरेपानीमा भालुले आक्रमण गरेको हो ।

भालुको आक्रमणमा परेका खड्काको टाउको र अनुहारमा चोट लागेको साउँदले बताए ।

उनलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रिफर गरिएको साउँदले जानकारी दिए । घरबाट खर्क छानातिर जाँदै गरेको बेला खड्कालाई भालुले बाटोमा आक्रमण गरेको हो ।