२०८२ असार १२ बिहीबार

राशिफल

एकै परिवारका ६ जनाको हत्यामा गर्नेलाई आजीवन कैद फैसला

काठमाडौं : जिल्ला अदालत संखुवासभाले ४ जनालाई आजीवन कैदको फैसला सुनाएको छ ।

जिल्ला अदालत संखुवासभाका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा एकै परिवारका ६ जनाको हत्यामा संलग्नलाई आजीवन कैद सजायको फैसला सुनाएको हो ।

हत्यामा ५ जना संलग्न रहेको पुष्टि भएपनि चार जनालालाई​ आजीवन कारावासको सजाय सुनाएको श्रेस्तेदार केदारप्रसाद गौतमले बताए । उनले एक जना नाबालक रहेकाले कम सजाय भएको बताए ।

२५ वर्षलाई आधार मानेर दुईतिहाइ कैद हुने फैसला भएको छ । आजीवन कारावासको सजाय सुनाइएकाहरुले बाँचुनजेलसम्म कारागारमा बसेर कैद सजाय कटाउनुपर्ने गौतमले बताए ।

४ जनाले मृतक परिवारको राहत कोषमा २–२ लाख रूपैयाँ क्षतिपूर्ति रकमसमेत जम्मा गर्नुपर्ने फैसला अदालतले गरेको छ । नाबालकलाई भने यसमा छुट दिइएको छ ।