२०८२ असार १२ बिहीबार

राशिफल

बस दुर्घटना : बिमा रकमभन्दा बढी हुने उपचार खर्च सरकारले दिने

काठमाडौं : प्रदेश १ सरकार मन्त्रिपरिषद्को बैठकले सवारी साधन दुर्घटनाका कारण घाइते भएकाहरुको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ ।

आज बसेको बैठकले बिमा रकमभन्दा बढी हुने उपचार खर्च सरकारले दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले यसअघि गरेको प्रदेश यातायात व्यवस्था निर्देशनालय हटाउने निर्णय पनि सच्याएको छ ।

प्रदेश यातायात व्यवस्था ऐनको प्रतिकूल हुनेगरी यस अघि मन्त्रिपरिषद् बैठकले निर्देशनालय हटाएको थियो ।

बैठकले मोरङको कटहरीमा रहेको कटहरी फलफूल तथा तरकारी थोक बजार सञ्चालन नियमावलीको दोस्रो संशोधन प्रस्ताव पारित गरेको छ ।