२०८२ असार ५ बिहीबार

राशिफल

आज सेयर बजार ४६.०८ अंकले घट्यो

काठमाडौं : आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज बजार ४६.०८ अंकले घट्दै २०३०.५९ बिन्दुमा आएर रोकिएको छ ।

सोमबार भने सेयर बजार २०७६.६७ बिन्दुमा आएर रोकिएको थियो ।

सोमबारको तुलनामा मंगलबार कारोबार रकममा पनि कमि आएको छ ।

मंगलबार २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२३ रुपैयाँको कारोबार भएको छ । सोमबार भने ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँको कारोबार भएको थियो ।