२०८२ असार १२ बिहीबार

राशिफल

मिटरब्याजी साहलाई कार्वाहीको माग गर्दै जिल्ला अदालतअघि प्रदर्शन

सप्तरी : मिटर ब्याजी रामदेव साहलाई कारवाही गर्न माग गर्दै पीडितहरूले मंगलबार सप्तरी जिल्ला अदालत आगाडि प्रदर्शन गरेका छन् । मिटरब्याजी साह पीडित संघर्ष समितिको आह्वानमा दोस्रो पटक तीन घण्टादेखि प्रदर्शन गरेको हो ।

गाउँगाउँबाट आएका पीडितहरूले र्याली निकालेर नाराबाजी गर्दै बजार परिक्रमा गरेर सप्तरी जिल्ला अदालत आगाडि प्रदर्शन गरिरहेका छन् ।

सप्तरीको खडक नगरपालिका ७ घर भई धरान बस्दै आएका साह करोडौं रकम ठगी गरि फरार छन् । अहिलेसम्म उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

यसअघि मिटरब्याजी रामदेव साहलाई पक्राउ गरी कार्वाही गर्न आईतबार अदालत अगाडि प्रदर्शन गरेका थिए ।