भक्तपुर : भक्तपुरको गठ्ठाघरमा बस र स्कुटर ठोकिँदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो १ बजे भक्तपुर मध्यपुर थिमी नगरपालिका ३ गठ्ठाघरस्थित ट्राफिक कार्यालय अगाडि बस र स्कुटी दुर्घटना हुँदा युवतीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी प्रवक्ता लोकबहादुर जीसीले बताए ।
प्रहरी प्रवक्ता जीसीका अनुसार मृत्यु हुनेमा रामेछाप घर भई काठमाडौंको जडिबुटीस्थित बर्गर हाउसमा कार्यरत २४ वर्षीया रेजिना तामाङ रहेकी छिन् ।
तपाइँको प्रतिक्रीया