काठमाडौं : रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा १३ जनाको मृत्यु हुँदा चालक भने सकुशल रहेका छन् ।
चालक गाडी घुम्तीबाट खस्नै लाग्दा फाल हानेका जोगिएका हुन् ।
उनी आफैँ रामेछाप प्रहरीमा सम्पर्कमा पुगेको जनाइएको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।
उक्त दुर्घटनामा हालसम्म मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।
नौ जनाको घटनास्थलमा र चार जनाको काभ्रेस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
अन्य २२ जना घाइते छन् ।
आज बिहान झण्डै ७ बजेतिर रामेछापको सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौँ आउँदै गरेको बा३ख ८३९६ नंको यात्रुबाहक बस बिहान अन्दाजी १० बजेको समयमा जिल्लाको सुनापती गाउँपालिका–५ लुभुघाटमा दुर्घटनामा परेको थियो ।
तपाइँको प्रतिक्रीया