पक्राउ लगत्तै ५४ वर्षीय भौतिकशास्त्री दिमित्री कोल्करलाई लेफोर्टोभो जेलमा राखिएको थियो । बिरामी भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई नलीबाट खुवाइएको थियो । उनीमाथि लागेका आरोप आधारहिन भएको उनका भाइ एन्टोन डियानोभले बताए । उनीमाथि राज्यका गोप्य विषय चीनलाई जानकारी दिएको आरोप लागेको छ ।
‘उहाँ एक वैज्ञानिक हुनुहुन्थ्यो ।उहाँ आफ्नो देशलाई माया गर्नुहुन्थ्यो । विदेशमा काम गर्न प्रमुख विश्वविद्यालय र प्रयोगशालाको निमन्त्रणाका बाबजुद आफ्नो देशमा काम गरिरहनुभएको थियो’, डियानोभले भने, ‘उहाँ रुस काम गर्न चाहनुहन्थ्यो । ’ उनीमाथि लागेका सबै आरोप हास्यास्पद भएको उनले बताए ।
केही रूसी वैज्ञानिकहरूलाई हालैका वर्षहरूमा विदेशीहरूलाई संवेदनशील सामग्री पठाएको आरोपमा पक्राउ गरी देशद्रोहको आरोप लगाइएको छ। उनीहरुमाथिको आरोप निराधार भएको क्रेमलिनका आलोचक बताउँछन् ।
तपाइँको प्रतिक्रीया