२०८२ असार १२ बिहीबार

राशिफल

उदयपुरमा चट्याङ लागेर एक युवकको ज्यान गयो

काठमाडौं  : वर्षासँगैको चट्याङले उदयपुरमा एक युवकको ज्यान गएको छ । चौदण्डीगढी नगरपालिका ५ शिवाइका २६ वर्षीय रोशन चौधरीको चट्याङ लागेर मंगलबार ज्यान गएको हो ।

चट्याङबाट घाइते भएका चौधरीलाई उपचारका लािग सप्तरीको कंचनपुरस्थित धर्मेश्वर अस्पताल लगिएको थियो। तर चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

खेतबारीमा काम गरि रहेको अवस्थामा वर्षासँगै परेको चट्याङ लागेर उनी घाइते भएका थिए ।