२०८२ असार १२ बिहीबार

राशिफल

सुनकोशीमा पिकअप भ्यान दुर्घटना,१ जनाको मृत्यु

काठमाडौं  :  सुनकोशी गाउँपालिका ६ सितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना भएको छ। दुर्घटनामा चालकको मृत्यु भएको छ।

सिराहाको विष्णुपुरकट्टी १ का अन्दाजी २९ वर्षीय बलबहादुर लामाको घटनास्थलमै मृत्यु भएको हो। पिकअप सिराहाबाट भैंसी लोड गरी काठमाडौं आउँदै थियो।

बागमती प्रदेश-०१-०२५च १९५३ नम्बरको भ्यान अनियन्त्रित भई आज बिहान सवा ५ बजे सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो।