२०८२ असार १२ बिहीबार

राशिफल

सर्लाहीमा पानीमा डुबेर बालिकाको मृत्यु

काठमाडौं  :  सर्लाहीको हरिवन नगरपालिका २ मा पानीको ड्रममा डुबेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा अनुषा महतो रहेकी छिन्।

प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार घरमै खेल्ने क्रममा घरको आँगनमा राखिएको पानीको ड्रममा डुबेर महतो बेहोस भएकी थिइन्।

उनको नमूना अस्पताल हरिवनमा उपचार गर्ने क्रममा मृत्यु भएको हो।