२०८२ असार १२ बिहीबार

राशिफल

कर्णाली प्रदेशसभाको असार १२ गतेदेखि स्थगित बैठक बिहीबार बस्ने

काठमाडौं  :  कर्णाली प्रदेशसभाको असार १२ गतेदेखि स्थगित बैठक अब बिहीबार बस्ने भएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८औँ प्रदेशसभा बैठक अवरोध गरे यता सदन स्थगन भएको थियो।

सभामुख राजबहादुर शाहीले बैठक संचालनका लागि सत्ता साझेदार दलका नेता र प्रतिपक्षी दलबिच पटक-पटक बैठक बसाउँदा पनि सहमति जुट्न सकेको थिएन।

एमालेले आगामी आर्थिक वर्ष २०७९-८० को बजेटको किताब तथ्यगतरूपमा ल्याउनुपर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधि सच्याउनुपर्ने र बजेटमा समेटिएका सुदूरपश्चिमका तीन जिल्ला कर्णालीको बजेटमा हटाउनुपर्ने अडान कायमै राखेको समेत उनले बताए।