२०८२ असार १२ बिहीबार

राशिफल

सोलुखुम्बुमा चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौं  :  सोलुखुम्बुमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–९ का ७ वर्षीय सुजन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रहरी निरीक्षक ज्ञानबहादुर माझीका अनुसार हिजो साँझ पानीसँगै परेको चट्याङका कारण सुजनको घटनास्थलमै मृत्यु भएको हो भने उनकी आमा ताकमाया तामाङ भने घाइते भएकी हुन्।

माइतीघर हिंडेकी आमासँगै रहेका बालक पानी परेका कारण घरको पेटीमा ओत लागेर बसिरहेका थिए। सोही समयमा चट्याङ परेको प्रहरी निरीक्षक माझीले बताए।