२०८२ जेठ २१ मङ्गलबार

राशिफल

इब्राहिमोभिच थप एक वर्ष एसी मिलानमै बस्ने

काठमाडौं : अनुभवी फरवार्ड जाल्टन इब्राहिमोभिचसँग इटालियन सिरी ‘ए’ च्याम्पियन एसी मिलानले थप एक वर्ष सहकार्य गर्ने भएको छ ।

४० वर्षीय स्विडिस स्ट्राइकर इब्राहिमोभिच सन् २०२३ सम्म एसि मिलानमै रहने भएका हुन् ।

इब्राहिमोभिच सन् २०२० मा अमेरिकी मेजर सकर लिग क्लब ला ग्यालेक्सीबाट ‘फ्रि ट्रान्सफर’ मा मिलान अनुबन्धित भएका थिए ।

त्यसयता, उनले मिलानबाट ७४ खेलमा ३६ गोल गरेका छन् । यसअघि इब्राहिमोभिचले सन् २०१० देखि २०१२ सम्म मिलानबाट खेलेका थिए ।