२०८२ असार १२ बिहीबार

राशिफल

भुसाल र भारतका राजदूतबिच भेटवार्ता

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल र भारतबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको ऊर्जामन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सो अवसरमा ऊर्जामन्त्री भुसालले नेपाल भारतको सम्बन्ध मित्रता, समानता, सहयोग र पारस्परिक सम्मानका साथ अगाडि बढेको स्मरण गर्दै आगामी दिनमा दुई देशको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेकी छन् ।

उनले पछिल्लो समय नेपाल भारतबीच ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण सहकार्य भएको उल्लेख गर्दै अगामी दिनमा अझ विस्तार हुने आशा गरिन् ।