काठमाडौं : चाँगुनारायण नगरपालिका वडा नम्बर ४ दुवाकोट र हेटौंडा नगरपालिकामा हैजाका संक्रमित भेटिएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उक्त दुई संक्रमितको अस्पतालमा उपचार भइरहेको छ ।
‘दुवाकोटका संक्रमितको टेकु र हेटौंडाका संक्रमितको काठमाडौंस्थित विरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
हालसम्म २१ जना हैजाका संक्रमित पुष्टि भइसकेको छ,’ महाशाखाका निर्देशक डा. चुम्मनलाल दासले भने ।
काठमाडौं उपत्यकामा हालसम्म बागबजार र कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु बोहोराटार, बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी खसीबजार , किर्तिपुर, कागेश्वरी मनहरा, टेकु, र ग्वार्कोमा हैजाका संक्रमित भेटिएका छन् ।
तपाइँको प्रतिक्रीया