२०८२ असार १२ बिहीबार

राशिफल

हामी त टाउको फुटुञ्जेल र हातखुट्टा भाचुन्जेल लड्यौँ : विप्लव

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले दलाल पुँजीवादको विरोध गर्दा १० लाख धरौटी माग्ने न्यायाधीशलाई घरमा गएर थुतेर कुट्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौमा पार्टी निकट युवाहरुको भेलालाई सम्बोधन गर्दै महासचिव विप्लवले दलाल पुँजीवादको विरोध गर्दा विद्यार्थीहरूसँग त्यति धेरै धरौटी मागेकाले त्यस्तालाई घरबाटै थुतेर कुट्नुपर्ने बताएका हुन् ।

उनले एमसीसी प्रकरणमा काँग्रेस नेता गगन थापाले अमेरिकी सेना नआउने भनेर गरेको भाषणको विरोध गर्दै उनले अहिले उनैलाई अप्ठेरो परेको टिप्पणी गरे । ‘हामीले गाह्रो पारेको होइन गगन थापालाई, हामी त टाउको फुटुञ्जेल लड्यौँ ।

हातखुट्टा भाचुन्जेल लड्यौँ । हाम्रा साथीहरु जेल पर्नुभयो’, उनले त्यसक्रममा पक्राउ परेकाहरूसँग धेरै रकम धरौटी मागेर दलालहरु मिलेको बताए । ‘धरौटी पनि कति माग्ने ? दश लाख माग्ने ? एउटा विद्यार्थीलाई १० लाख, ५ लाख, न्यायाधीश को हो यो ? घरघर गएर थुतेर कुट्नुपर्छ यिनलाई । एउटा पढिरहेको विद्यार्थीलाई १० लाख कहाँबाट ल्याएर तिर्ने ?’ विप्लवको प्रश्न छ ।