काठमाडौं : प्रहरी नायब उपरीक्षक डिएसपी मिलन केसीलाई विभागीय कारबाही भएको छ।
केन्द्रीय कारागार सुन्धारामा रहेका हत्या आरोपित समीरमान सिंह बस्नेतलाई भेट्न गएको भन्ने घटना बाहिरिएपछि छानबिन भएको थियो।
त्यस प्रकरणमा उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले विभागीय कारबाही गरेको प्रहरी उपरीक्षक एसपी सन्तोषसिंह राठौरले जानकारी दिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नेतृत्वको तीन सदस्यीय छानबिन समिति बनेको थियो।
सो समितिले उनलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो।
त्यसअनुसार नै उनलाई विभागीय कारबाही भएको एसपी राठौरले बताए।
‘समितिले सिफारिस गरेअनुसार उनलाई विभागीय कारबाही गरेको हो,’ उनले भने।
आरोपितलाई भेट्न जाँदा डिएसपी कारबाहीमा
काठमाडौं प्रहरी नायब उपरीक्षक डिएसपी मिलन केसीलाई विभागीय कारबाही भएको छ।
केन्द्रीय कारागार सुन्धारामा रहेका हत्या आरोपित समीरमान सिंह बस्नेतलाई भेट्न गएको भन्ने घटना बाहिरिएपछि छानबिन भएको थियो।
त्यस प्रकरणमा उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले विभागीय कारबाही गरेको प्रहरी उपरीक्षक एसपी सन्तोषसिंह राठौरले जानकारी दिए।
तपाइँको प्रतिक्रीया