२०८२ असार १२ बिहीबार

राशिफल

दिउँसै चोरी गर्ने ६ जना पक्राउ

काठमाडौं : प्रहरीले काठमाडौं उपत्यकाका विभिन्‍न क्षेत्रमा दिउँसै चोरी गर्ने ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका १६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका १० बस्‍दै आएका ४७ वर्षीय अमितबहादुर श्रेष्ठ, नुवाकोटको विदुर नगरपालिका गेर्खु घर भई हाल फर्पिङ बस्‍ने ४३ वर्षीय बुद्धविर तामाङ, रामेछापको शैलुङ दोरम्बा गाउँपालिका ४ स्थायी घर भई हाल काठमाडौं महानगरकालि ४ बस्‍ने १९ वर्षीय निरज थापा मगर रहेका छन् ।

यस्तै रामेछापको शैलुङ दोरम्बा गाउँपालिका ४ घर भइ हाल काठमाडौं महानगरपालिका ४ बस्‍ने २० वर्षीय विशाल थापा मगर र बागलुङ नगरपालिका ७ घर भई हाल काठमाडौं महानगरपालिका ४ बस्‍दै आएका ३० वर्षीय सचिन विश्‍वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको साथबाट प्रहरीले १७ थान विभिन्न कम्पनीका मोबाइल, ३ थान सिक्री, २ थान ब्रासलेट, ७ थान औठी, २ थान लकेट, १ थान पहेलो सुनको सिक्री, ८९ हजार नगद र २२० सीसीको निलो पल्सर बाइकसमेत बरामद गरेको छ ।